हङकङविरुद्धको खेलका लागि प्रारम्भिक टोली घोषणा
- काठमाडौंहङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले ४९ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले गत साता मात्र मुख्य प्रशिक्षकमा नियुक्त गरेका एरेनाले आज सो टोली घोषणा गरेका हुन् ।
नेपालले चैत्र १२ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हङकङविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।
सो खेललाई लक्षित गर्दै मुख्य प्रशिक्षक एरेनाले ४९ खेलाडी समेटिएको प्रारम्भिक टोली सार्वजनिक गरेका हुन् ।
टोलीमा कप्तान किरणकुमार चेम्जोङसहित अनुभवी खेलाडी तथा केही नयाँ अनुहारलाई पनि मौका दिइएको छ ।
घोषित प्रारम्भिक टोलीबाट अन्तिम टोली छनोट गरी नेपालले हङकङविरुद्ध मैदान उत्रिनेछ ।
सो मैत्रीपूर्ण खेल नेपालले आगामी एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध हुने खेलको तयारीका रुपमा पनि लिएको छ ।