राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजविरुद्ध लालीगुराँसको रोमाञ्चक जित
काठमाडौंलालीगुराँस एसोसियसन क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लालीगुराँसलाई जित दिलाउन आकोइटे जुनियर डोनोउ, आशिष गुरुङ र राज भुजेलले समान एक/एक गोल गरे ।
जवाफमा प्लानिङका रोमन भुजेल र साहिल केसीले समान एक गोल फर्काए । जितसँगै लालीगुराँस तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लालीगुराँसले १२ खेलबाट २४ अंक जोडेको छ । पराजित प्लानिङ भने चौथो स्थानमा झरेको छ ।