राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदोबाटोको बराबरी
काठमाडौंराष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोले दुई गोलको अग्रता जोगाउन नसक्दा पुलिससँग अंक बाँड्न पुग्यो । सातदोबाटोले अरुण लामा र फोडे फोफानाको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको थियो ।
पुलिसका लागि धिरेन्द्र बहादुर शाह र सुवास थारुले एक÷एक गोल गरे । बराबरीसँगै ११ खेलबाट ९ अंक जोड्दै पुलिस पुछारबाट पाँचौं स्थानमा छ । समान खेलबाट ९ अंक जोडेको सातदोबाटोे पुछारबाट चौथो स्थानमा छ ।