एन्फा र ए डिभिजन क्लबबीचको वार्ता निष्कर्षविहीन
काठमाडौंअखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन लिगका क्लबबीचको वार्ता निष्कर्षविहीन छ । ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी ढंगले निर्णय गरेको भन्दै क्लबहरुले ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज धर्ना दिएपछि एन्फा र क्लबहरुबीच भएको वार्ता निष्कर्षमा नपुग्दै टुङ्गिएको छ।
अर्को बैठकको मिति तय गरि क्लबहरुलाई छलफलका लागि बोलाइने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । एन्फा र क्लबहरूबीच गत कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्न उनीहरूले माग गरेका छन् । एन्फाले यही चैत ३० गतेदेखि गर्ने गरी लिगको तालिका सार्वजनिक गरेको छ ।
तर क्लबहरूले नियमानुसार १४ क्लबको सहभागिता गर्नपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तोक्नुपर्ने माग राखेका छन् ।