राष्ट्रिय महिला लिग फुटबलमा बागमतीको जित
- काठमाडौंबागमती युथ क्लबले सहिद स्मारक राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
ललितपुरको च्यासलस्थित मैदानमा आज भएको खेलमा बागमतिले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई ५–४ ले हरायो ।
बागमतीको जितमा अस्मिता मगर र दीक्ष्या रनपालले समान २/२ तथा प्रजिता राई एक गोल गरिन् ।
आरएस रिसोर्टका लागि गीता श्रेष्ठाले २ तथा तुलसी कुमारी ओली र वर्षा कुँवरले एक–एक गोल गरिन् ।
यस जितसँगै बागमतीले लिगमा महत्वपूर्ण तीन अंक जोडेको छ ।
लिगअन्तर्गतको अर्को खेलमा अहिले नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच च्यासल मैदानमा प्रतिस्पर्धा भईरहेको छ ।