पीएम कप क्रिकेट भोलिदेखि
- जनकपुरप्रधानमन्त्री पीएम कप मेन्स नेशनल क्रिकेट टुर्नामेन्ट भोलिदेखि सुरु हुँदैछ । जनकपुरको प्रस्तावित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालामा पीएम कपको उद्घाटन खेल हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पीएम कपको उद्घाटन खेल मधेश र कोशी प्रदेशबीच भोलिदेखि सुरु हुँदैछ । सात प्रदेश र तीन वटा विभागीय टिम नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबीच पीएम कपमा प्रतिस्पर्धा हुनेछ ।
आगामी वैसाख ३ गते सम्म चल्ने पीएम कप क्यानको एक दिवसीय क्रिकेट लिग हो । ५० ओभरको हुने खेलमा जनकपुरमा उद्घाटनसहित १७ वटा म्याच हुनेछन् भने वीरगन्जमा पनि केही म्याचसहित फाइनल खेल हुने पीएम कप क्रिकेट टुर्नामेन्टका डाइरेक्टर आकाश पाण्डेले जानकारी दिए । गत वर्षको जय ट्रफी क्रिकेट प्रतियोगिता पनि मधेश प्रदेशकै जनकपुर र वीरगन्जमा आयोजना गरिएको थियो ।