वर्षाले रोकियो पीएम कप क्रिकेट
- जनकपुरआजबाट शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत आजका लागि निर्धारित दुई खेल रद्द भएको छ । आजका लागि तोकिएको कोशी र मधेश प्रदेशबीचको खेल वर्षाका कारण टस समेत हुन नसकि रद्द भएको हो ।
यस्तै लुम्बिनी र कर्णाली प्रदेशबीचको खेल पनि वर्षाका कारण रद्द भएको छ । लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ७ ओभरमा २० रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।
झण्डै एक महिना चल्ने प्रतियोगितामा प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी दश टोलीको सहभागीता रहेको छ । प्रतियोगिता अन्र्तगतका खेलहरु काठमाडौंको मुलपानी सहित, जनकपुर र वीरगञ्जमा हुनेछ ।