नेपाल, हङकङ र चाइनाबीच हुने मैत्रीपूर्ण खेल स्थगित
- काठमाडौंनेपालले घरेलु मैदानमा हङकङ र चाइनासँग खेल्ने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल स्थगित भएको छ ।
अखिल नेपाल फुटबलसँग एन्फाले आगामी बिहिबार हुने मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले सो खेलका लागि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र खेलमैदानको लागि स्वीकृति नदिए भन्दै एन्फाले प्रतियोगिता स्थगित भएको विज्ञप्ती मार्फत जनाएको छ ।