मोहमद सलाहले सिजनको अन्तयमा लिभरपुल छाड्ने घोषणा
काठमाडौंइंग्लिस च्याम्पियन लिभरपुलका स्टार खेलाडी मोहमद सलाहले यस सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका छन् । योसँगै क्लबमा उनको सफल नौ वर्षको बसाई टुंगिँदै छ ।
सन् २०१७ मा ३३ वर्षीय इजिप्टको फरवार्ड रोमाबाट एनफिल्ड पुगेका थिए । त्यति बेला उनलाई लिभरपुलले तीन करोड ४० लाख पाउन्ड तिरेको थियो । अहिलेसम्म उनले लिभरपुलका लागि४ सय ३५ खेल खेलेर २ सय ५५ गोल गरेका छन् ।
लिभरपुलले आफ्नो वेब साइटमा सन् २०२५–२०२६ को अन्त्यसँगै मोहमद सलाहले लिभरपुल छाड्ने उल्लेख गरेको छ । सलाहले समेत सामाजिक सञ्जलामा एक भिडियो सन्देश जारी गर्दै क्बलप्रति सधै कृतज्ञ रहने भन्दै यस सिजनको अन्तयबाट क्लब छाड्ने घोषणा गरेका हुन् । उनले लिभरपुलका लागि दुई प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब वल्र्डकप, यूईएफ सुपरकप, एफएकप र दुई लिगकप उपाधि जिते ।