प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्बल र नेपाल पुलिस क्लब विजयी
काठमाडौंप्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्बल र नेपाल पुलिस क्लबले जित हात पारेका छन् । मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले गण्डकी प्रदशेलाई ७ विकेटले हराएको छ । गण्डकीले दिएको २ सय १० रनको लक्ष्य आर्मीले ३४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीका कप्तान विनोद भण्डारीले ५८, भिम सार्कीले ५४ र तृतराज दासले ५१ रनको अर्धृशतकिय इनिङ्स खेले । गण्डकीका सुवास भण्डारीले २ तथा विपिनखत्रीले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ९ रन बनाएको थियो । जितसँगै आर्मी २ खेलबाट ४ अंक सहित दोस्रो स्थानमा छ । अंकबिहिन गण्डकी पुछारमा छ ।
यसैबीच, मुलपानीस्थित माथिल्लो त्रिकेट मैदानमा आजै भएको खेलमा पुलिसले बागमतीलाई ७ विकेटले हराएको छ । बागमतीले दिएको २ सय ७२ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
पुलिसका लागि शंकर रानाले १ सय १६ रनको शतकिय इनिङ्स खेले । यस्तै, दिनेश खरेलले ७० रनको अर्धशतकिय इनिङ्स खेले । बागमतीका रिजन ढकाल, सन्दिप लामिछाने र सुवास खत्रीले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागतमीले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ६५ रन बनाएको थियो । जितसँगै पुलस ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । बागमती २ अंकसहित छैंटौं स्थानमा छ ।