खेलकुद

निलम्बन फिर्ता लिन खेलकुद परिषद्लाई एन्फाको आग्रह

काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले आफूमाथि लगाइएको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेको छ । झापास्थित होटल मेची क्राउनमा आजका लागि तय भएको निर्वाचन स्थगित भएपछि एन्फाले पत्रकार सम्मेलन मार्फत परिषद्सँग आग्रह गरेको हो ।

त्यसअघि एन्फाको निर्वाचन कमिटीले राखेपको निलम्बनपछि चुनाव अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएको थियो । निर्वाचनकै लागि नेपाल आएका फिफा र एसियली फुटबल महासंघ एएफपीका लागि प्रतिनिधिको सल्लाह अनुसार निर्वाचन स्थगित गरिएको एन्फाले जनाएको छ । 

अध्यक्ष पंकजविक्रम नेम्वाङले सरकारसँग द्वन्द्व बनाउने पक्षमा नरहेको भन्दै राखेपले एन्फाका कार्यक्रममा असहयोग गरेको अरोप लगाउँदै हङकङविरुद्धको खेल पनि त्यसै कारण स्थगित गर्नु परेको पनि बताए । यस्तै, महासचिव किरण राईले एन्फा राखेपको निलम्बनमा परेपछि अब नेपाली फुटबललाई अगाडि बढाउने जिम्मेवारी राखेपकै भएको पनि बताउनुभयो ।