खेलकुद

चर्चित इण्डियन प्रिमियर लिग क्रिकेटको नयाँ संस्करणआजबाट शुरु हुँदै

काठमाडौं

आजदेखि चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नयाँ संस्करण औपचारिक रुपमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा सनराइजर्स हैदराबादले डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैङ्लोरसँग प्रतिस्पर्धा गर्नेछ । 

दुवै टोली बलिया खेलाडीहरूले भरिपूर्ण भएकाले खेल कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । सो खेल आज राति पौने ८ बजे बैङ्लोरको घरेलु मैदानमा हुनेछ । बैङ्लोरले अघिल्लो वर्ष पञ्जाब किङ्ग्सलाई ६ रनले पराजित गर्दै पहिलोपटक उपाधि जितेको थियो । सनराइजर्स एक पटक उपाधि जितेको टोली हो । प्रतियोगितामा सहभागि १० टोलीबीच उपाधि भिडन्तसम्म ७० वटा खेलहरु हुनेछ ।