खेलकुद

आईपीएलमा आज कोलकत्ता र हैदरावाद भिड्दै

- केएफएम डेस्ककाठमाडौं

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकत्ता नाइट राएडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।

कोलकत्ताको इडेन गार्डेनमा हुने खेल साँझ पौने ८ मा सुरु हुनेछ ।

यसअघि पहिलो खेल हारेका दुवै टोली आजको पहिलो जितका लागि मैदानमा उत्रदैछन् ।

यसअघि हिजो भएको खेलमा समीर रिज्भी र ट्रिस्टन स्टब्लसले महत्वपूर्ण शतकीय साझेदारी गरेपछि दिल्ली क्यापिटलले लखउन सुपर जायन्टसलाई ६ विकेटले पराजित गरेको छ ।

दिल्लीले १ सय ४२ रनको लक्ष्य १७ दशमलब १ ओभरमै पूरा ग¥यो । यसअघि टस हारेर ब्याटिङमा आएको लखनउ १८.४ ओभरमा १ सय ४१ रनमा अलआउट भएको थियो ।