खेलकुद

प्रधानमन्त्री कप : आर्मी र सुदूरपश्चिम विजयी

काठमाडौं

विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ । जनकपुरस्थित रामजानकी बहुउदेश्यीय क्रिकेट मैदानमा आज सम्पन्न खेलमा आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हरायो । मधेशले दिएको १ सय ८५ रनको लक्ष्य आर्मीले २९ ओभर २ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा तृतराज दासले सर्वाधिक ६९ रन जोडे । 

मधेशका आदिल आलमले २ विकेट लिए । त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको मधेशले ४८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ८४ रन बनाएको थियो । उसका लागि विशाल शुस्लिङले सर्वाधिक ५१ रन जोडे । सुदूरपश्चिमका बसिर अहमदले ३ विकेट लिए । जितसँगै आर्मीले ९ अंक जोडेको छ । मधेश ७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

यसैबीच, वीरगञ्जस्थित नराणयी क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २ विकेटले हराएको छ । १ सय ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३९ ओभर २ बलमा ८ विकेट गुमाउँदे पूरा गर्यो ।

 सुदूरपश्चिमका लागि अभिषेक पालले सर्वाधिक ६६ रन जोडे । गण्डकीका विपिन खत्रीले ५ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनाएको थिायो । सका लागि अर्जुन कुमालले सर्वाधिक ४४ रन जोडे । सुदूरपश्चिमका शेर मल्लले ५ विकेट लिए । वितसँगै सुदूरपश्चिम ८ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लेको छ । गण्डकी ३ अंकका साथ नवौं स्थानमा छ ।