खेलकुद

कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा

काठमाडौं

कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आगामी बैशाख ५ गते शनिवार हुने भएको छ । ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यो वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ । कान्तिपुर हाफ म्याराथनमा महिला र पुरुषसहित विभिन्न ४ विधा रहने छन् ।

त्यस्तै कर्पोरेट एन्ड इन्फुलेएन्सर रन ५ किलोमिटर, एक्स्ट्रिम कलेज रन ७ किलोमिटर तथा ह्विलचेयर रेस ३ किलोमिटरको हुनेछ । विभिन्न विधामा गरि २ हजार ५ सय धावकको सहभागिता रहने अनुमान गरिएको छ । 

मुख्य विधा कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पाउने छन् । दोस्रोले ७५, तेस्रोले ५०, चौथोले ३०, पाँचौंले २० र छैटौंले १० हजार रुपैयाँ पाउने छन् । ह्विलचेयर रेस तर्फ विजेताले ३५, दोस्रोले २५ र तेस्रोले १५ हजार रुपैयाँले पाउने छन् ।

कर्पोरेट एन्ड इन्फुलेएन्सर रन र एक्स्ट्रिम कलेज रनको महिला÷पुरुषतर्फ शीर्ष ३ रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । यस पटकदेखि दौड पूरा गर्ने सबैले मेडल पाउने छन् । दौड तीनकुनेस्थित कान्तिपुर कार्यालय अगाडिबाट सुरु हुनेछ ।