खेलकुद

फुटवलर प्रिति राई कम्बोडियाको क्लवमा आवद्ध

काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रिति राईले कम्बोडियन महिला लिग खेल्ने भएकी छन् । उनले कम्बोडियाको रिएङ एफसीसँग आगामी सिजनका लागि सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जनाएकी हुन् । 

प्रिति सन् २०२६ को लिगका लागि आबद्ध भएकी हुन् । कम्बोडियाको शीर्ष डिभिजनको लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रितिले गत सिजन जोर्डनबाट खेल्दा सन् २०२३ मा भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् । 

सन् २०२१ मा १६ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेर गोल समेत गरेकी प्रिति घरेलु फुटलब एपिएफ क्लबबाट खेल्छिन् ।