बार्यन र आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश
- काठमाडौंबायर्न म्युनिख र आर्सनल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा बायर्नले रियल म्याड्रिडलाई समग्रमा ६–४ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
दोस्रो लेगमा बायर्नले ४–३ को जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बार्यनले अब सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ ।
यता, आर्सनल गएराति घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै स्पोर्टिङ सिपीविरुद्ध समग्रमा १–० को जितसहित च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
पहिलो लेगमा काइ हाभट्र्जले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै आर्सनलले अब सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।