खेलकुद

विराट गोल्डकपको दोस्रो सेमिफाइनलमा सम्राट स्पोर्टिङ र चर्च ब्वाइज भिड्ने

- अर्जुन सुवेदीसुनसरी

विराट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल विराटनगरस्थित सहिद मैदानमा साँझ ६ बजे सुरु हुनेछ ।

सम्राटले क्वाटरफाइनलमा भारतको बिर्सामुन्डा स्पोर्टस् एकेडेमीलाई र चर्च ब्वाइजले एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।

आजको खेलको विजेताले उपाधिका लागि झापा ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

झापा हिजो भएको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गदै फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुनेछ ।