खेलकुद

इंग्लिस प्रिमियर लिगमा ब्राइटनको जित

- केएफएम डेस्ककाठमाडौं

ब्राइटनले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई ३–० गोलले पराजित गरेको छ ।

गएराति ब्राइटनलाई घरेलु मैदानमा जित दिलाउन फ्रेदी कोडियोग्यु, ज्याक हिन्सेलवुड र ड्यानी वेल्बेकले एक/एक गोल गरे ।

ब्राइटनले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

जितसँगै ब्राइटन ५० अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

४८ अंक जोडेको चेल्सी भने तालिकाको सातौँ स्थानमा छ ।