आइसीसी वुमेन्स च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालको दोश्रो हार
काठमाडौंआइसीसी वुमेन्स च्यालेन्ज ट्रफी क्रिकेटकोे चौथो खेलमा नेपाल पराजित भएको छ । रुवान्डामा भएको खेलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको हो । भानुआटुले दिएको ९८ रनको लक्ष्य पछएको नेपाल १५ दशमलव ३ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटिँदा पराजित भएको हो ।
लो स्कोरको खेलमा नेपालका कुनैपनि ब्यारटर चल्न सकेनन् । सम्झना खड्काले २४, इन्दु बर्माले १३ र कविता कुँवरले १० रन बनाउनु बाहेक अन्यको प्रर्दशन निकै खराब रह्यो । नेपालका ४ ब्याटर १–१ रनमा आउट हुँदा २ जनाले खातानै खोल्न सकेनन् । जारि प्रतियोगितामा नेपालको यो दोस्रो हार हो ।
यसअघि नेपाली टोली पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा घरेलु टोली रुवान्डालाई २ विकेट र तेस्रो खेलमा इटालीलाई ५० रनले हराएको थियो । आगामी मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी सबै टिमले एक–अर्कासँग दुईपटक खेल्ने प्रावधान छ । सो क्रममा सबैभन्दा बढी अंक ल्याउने टोली च्याम्पियन बन्नेछ ।