त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सम्झौता नविकरण गर्ने सरकारको तयारी
काठमाडौंसरकारले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सम्झौता नविकरण गर्ने तयारी गरेको छ । नेपाल क्रिकेट संघ क्यानले प्रयोग गर्दै आएको रंगशालाको सम्झौता अवधि सकिन लागेपछि मैदानको भविष्यलाई लिएर चासो भइरहेका बेला सरकारले सो तयारी गरेको हो ।
यसअघि अतिक्रमित संरचना खाली गर्न भन्दै त्रिभुवन विश्वविद्यालयले क्रिकेट संघ सहितका विभिन्न संस्थालाई पत्र काटेपछि क्रिकेट मैदानबारे सार्वजनिक वृतबाट चासो व्यक्त भएका थिए । अन्तर्राष्ट्रिय स्तरको मैदान खाली गर्न नहुने भन्दै चासो व्यक्त भइरहेका बेला सरकार प्रवक्तासस्मित पोखरेलले त्रिविका पदाधिकारी सहितको बैठकका क्रममा सम्झौता नविकरण गर्नेबारे छलफल भएको बताउनुभएको हो ।
पूर्वाधार विस्तार गरि रात्रिकालीन समयमा समेत खेल सञ्चालन गर्न सक्ने व्यवस्था मैदानमा मिलाइएको छ ।