खेलकुद

एसियाली खेलकुद पौडी छनोट विवादमा, छानविन गर्न खेलाडीको माग

काठमाडौं

पौडीको एशियाली खेलकूदको छनोटमा धाँधली भएको भन्दै पौडी खेलाडी इर्भिन श्रेष्ठसहित तीन जना खेलाडीले नियमानुसार निर्णायक छनोट गराउन माग गरेका छन् ।

इर्भिन श्रेष्ठसहित मेधावी केसी र निर्णय थापाले  पूर्व सूचना अनुसारको पूर्व छनोटलाई रातारात अन्तिम छनोटमा परिणत गर्ने कार्य गैरकानूनी र खेल नियम विपरित भन्दै तत्काल सच्याउन माग समेत गरेका हुन् ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा पौडीवाज श्रेष्ठले पूर्व छनोट भनिएको खेललाई आधाभन्दा बढी खेल समाप्त भइसकेपछि विना छाप र हस्ताक्षरको सूचना प्रकाशित गरी अन्तिम छनोटमा बदल्नुमा ठूलो षड्यन्त्र भएको बताए ।

खेलाडी छनोट ढिलो भएको बहानामा चलखेल गरिएको प्रमाणसहित आफूहरु सर्वोच्च अदालत पुगेको उनको भनाइ छ ।