शीर्ष नेताको दोहोरो जिम्मेवारीका कारण एकता प्रकृया ढिलो भयो :नेकपा नेता योगेश भट्टराई

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan Acharya | 20 May 2019

नेकपाका युवा नेता योगेश भट्टराईले शीर्ष नेताको दोहोरो जिम्मेवारीका कारण पार्टी एकता प्रकृयामा विलम्ब भएको बताउनु भएको छ । जिल्ला, प्रदेश र जनसंगठनमा एकता टुङ्गिए पनि केन्द्रीय कार्यसमितिका सदस्यहरुको कार्यविभाजन, पोलिटब्यूरो गठन लगायतमा पार्टी नेतृत्वले निर्णय गर्न ढिलाइ गरिरहेका बेला नेता भट्टराईले यस्तो बताउनु भएको हो । 

पार्टी अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री हुनु भएको र पार्टीभन्दा सरकार प्राथमितकामा पर्दा एकीकरणमा केही समय लागेपनि जेठ महिनाभित्रै सबै प्रकृया टुङ्गिने विश्वास उहाँले व्यक्त गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै नेता भट्टराईले नेताहरुलाई जिम्मेवारी दिनका लागि निश्चित मापदण्ड बनाउन आफूहरुले गरेको आग्रहबारे समयमै निर्णय नगर्दा पनि समस्या भएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया