पारसको राजिनामाले नेतृत्वप्रति गलत म्यासेज गएको छ : अध्यक्ष चन्द

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३०, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 17 October 2019 | 30 Asoj 2076

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले कप्तान पदबाट पारस खड्काले दिएको राजिनामाले अन्तराष्ट्रिय स्तरमा क्यानको नेतृत्वप्रति गलत म्यासेज गएको बताउनुभएको छ । क्यानको निलम्बन फुकुवा लगत्तै खड्काबाट आएको राजिनामाले नेपाली क्रिकेटमा अझै विवाद रहेको भन्ने सन्देश प्रवाह हुनसक्ने चन्दको आशंका छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै अध्यक्ष चन्दले सबै पक्ष मिलेर नेपाली क्रिकेटलाई माथी लैजानुपर्ने बेला, पारसबाट भएको निर्णय अत्यन्त असान्दर्भीक भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– हुन त यो पारसको ब्यक्तीगत बिषय हो, तर जुन समयलाई उनले उपयुक्त मानेर राजिनामा दिए, त्यो समय नै अनुपयुक्त छ ।

 


प्रतिक्रिया