उपनिर्वाचनको नतिजाले सत्तारुढ र प्रतिपक्षी दुबैलाई वीन वीन पोजिसनमा पुर्‍याएको छ : पुरुषोत्तम दाहाल

रेडियो कान्तिपुर संवाददाता

मंसिर १६, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 2 December 2019 | 16 Mangsir 2076

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनको परिणामले सत्तासीन र प्रतिपक्षी दुबै दललाई वीन वीन पोजिसनमा पुर्‍याएको राजनीतिक विश्लषेक पुरुषोत्तम दाहालले टिप्पणी गर्नु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले पहिले नेकपाले जितेको स्थानमा काँग्रेस विजयी हुनु र पहिले काँग्रेसको पकड भएको क्षेत्रमा नेकपाका उम्मेदवार विजयी हुनुले त्यही अर्थ्याउने तर्क गर्नुभयो । भक्तपुर १ (ख) मा काँग्रेसको उम्मेदवारको जितलाई भने अर्थपूर्ण रुपमा लिनुपर्ने दाहालले उल्लेख गर्नुभयो । त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाको अन्तिम नतिजाले पनि धेरै सन्देश दिने उहाँको भनाइ छ । 

उपनिर्वाचनको परिणामले सत्ता समीकरणमा कुनै फेरबदल नगर्ने भएकाले पनि यसलाई जित, हार वा प्रतिष्ठाको विषय बनाउन नहुने दाहालले बताउनुभयो  । भक्तपुरको जितमा कंग्रेसको एकतासँगै नेकपाभित्रको विवादले काम गरेको भन्दै उहाँले मतदाताले बलियो र एकतावद्ध पार्टीलाई रोजेको उल्लेख गर्नुभयो । तर, अहिले नै नयाँ बिकल्पका बारे मतदाताले सोचिनसकेको उहाँले बताउनुभयो । बैकल्पिक शक्ति हौं भन्नेहरुले पनि जनतामा आशा जागृत गर्न नसकेको दाहालको तर्क छ । त्यस्तै चुनाव निकै खर्चिलो र मतदातालाई आर्थिक रुपले प्रभावित पार्ने काम अझै नरोकिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया