केन्द्रीय कमिटि बैठकले पार्टी एकीकरण प्रकृयालाई सघाउँथ्यो :रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य, नेकपा

पुस २१, २०७६

The Headliners | Journalist Pawan | 6 January 2020 | 21 Poush 2076

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले समयमै केन्द्रीय कमिटि बैठक बसेको भए त्यसले एकीकरण प्रकृयालाई सघाउ पुर्‍याउने बताउनु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ सालमा एकीकरण भएर बनेको नेकपाको केन्द्रीय कमिटि बैठक अझै बसेको छैन । आगामी बुधबारका लागि तय भएको बैठक माघ १५ बाट गर्ने गरी स्थगित भएको छ । तर, नेता अधिकारीले अबको बैठक स्थगित नहुने आशा व्यक्त गर्नुभयो ।

पार्टी एकीकरण प्रकृया टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरुले कसरत गरेपनि स्वार्थ बाझिएकाले सहमति हुन नसकेको उहाँको भनाइ थियो । केन्द्रीय कमिटि बैठक नबसेकै कारण पार्टी नेतृत्वमा सञ्चालित सरकारको तीव्र विरोध हुँदा समेत बचाउ गर्न नसकिएको नेता अधिकारीले बताउनुभयो । पार्टीका नेतालाई समेत आमसञ्चारका माध्यमबाट सरकार र पार्टीका गतिविधि थाहा पाउनु पर्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो ।



प्रतिक्रिया