एमसीसी कम्प्याक्टमा कुनैपनि सैन्य संलग्नता छैन : खड्ग बहादुर बिष्ट

माघ ५, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 19 January 2020 | 5 Magh 2076

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टले एमसीसीमा कुनै पनि सैन्य गतिविधि संलग्न नरहेको स्पष्ट पार्नु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै बिष्टले नेपालले चाहेको र छानेको परियोजना निर्माण गरिने र त्यसमा कुनै पनि खाले सैन्य संलगन्ताको बुँदा नरहेको बताउनुभयो । अहिले नेपालमा भैराखेको चर्चा परियोजनाका भित्री कुराभन्दा पनि संसदबाट अनुमोदन किन आवश्यक र भारतीय सहमतिमा केन्द्रित भएको उहाँको टिप्पणी थियो ।

ठूला परियोजना नेपालमा भित्रिने बेलामा यसअघि पनि बखेडाहरु हुने गरेको भन्दै बिष्टले अहिलेको विवाद पनि त्यस्तै भएको उदाहरण पेश गर्नुभयो । एमसीसी मार्फत् निर्माण हुने परियोजनाका बारेमा सन् २०१३, १४ र १७ मै सम्भाव्यता अध्ययन भैसके पनि संसदबाट यसलाई अनुमोदन गर्नुपर्ने भएकाले यसमा सरकारको बलियो साथ आवश्यक रहेको उहाँको भनाई थियो । एमसीसीपछि अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक अवधारणा आएकाले कतै यो पनि त्यसकै छाया त हैन भन्ने संशय उठेको उहाँले बताउनुभयो । उहाँका अनुसार एमसीसीमा सहभागी भए बापत नेपालले अमेरिकासँग अर्को कुनै सम्झौतामा हस्ताक्षर गर्नु पर्दैन ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया