गौतम बुद्ध रंगशाला सबैको नेपालीको हो : सीताराम कट्टेल (धुर्मुस)

माघ २०, २०७६

The Headliners | Journalist Pawan | 3 February 2020 | 20 Magh 2076

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका परिकल्पनाकार एवं धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले रंगशालामा सबे नेपालीको स्वामित्व रहने बताएका छन् । जनस्तरबाट निर्माण गर्न लागिएको रंगशाला भएकाले सबै नेपालीको हक लाग्ने उनले बताए ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै कट्टेलले अरुसँग सहयोग मागेर र रकम उठाएर आफूले अन्तिम पटक केही निर्माण गर्न लागेको भन्दै दिल खोलेर सहयोग गर्न अपिल गरे । ३ अर्बको लागतमा निर्माण हुने रंगशालाका लागि धनधान्याञ्चल महोत्सव आयोजना गरिएको भन्दै उनले सहयोग गर्न सबैमा अपिल गरे ।

निर्माण सकिएपछि फाउण्डेसन, भरतपुर महानगर र सहयोगीहरुको समिति बन्ने र त्यसैले कार्यविधि बनाएर रंगशाला सञ्चालन गर्ने उनको भनाइ थियो । रंगशालामा क्रिकेट मात्रै नभएर फुटबलसहित अन्य २१ वटा खेलका लागि स्थल निर्माण गरिने उनले जनाए ।


प्रतिक्रिया