विकास नभएको संरचनागत समस्याले होईन, नियतको दोष हो : रामेश्वर खनाल

फाल्गुन २१, २०७६ | काठमाडौं

अर्थविद् एव पूर्व अर्थसचिव रामेश्वर खनालले मुलुकले विकासको गति लिन नसक्नुमा व्यवस्थापकीय कमजोरी मुख्य कारण रहेको बताउनुभएको छ । संरचनागत समस्या भन्दा पनि नेतृत्वमा बस्नेहरुमा नियत खराव हुँदा समस्या भएको उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै खनालले कर्मचारी सरुवा गर्ने परिपाटीले पनि विकास हुन नसकेको बताउनुभयो । स्थिर सरकार हुने र नेतृत्वले स्पष्ट भिजन बनाउन सके मुलुकमा पूँजि र प्रविधिको समस्या नहुने उहाँको भनाई छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया