सरकार कति राष्ट्रवादी भन्ने कुरा सीमा विवादमा आगामी भूमिकाले निर्धारण गर्छ : सीपी गजुरेल

जेष्ठ ११, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 24 May 2020 | 11 Jestha 2077

नेकपा क्रान्तिकारीका माओवादीका स्थायी समिती सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपि गजुरेलले सरकारको राष्ट्रवादी छवी अव देखिने बताउनुभएको छ । जतनाको दवामा मुलुकको नक्सा जारी गर्न सरकार वाध्य भएको भन्दै उहाँले सीमा फिर्ता गराउन सरकारी पहल आगामी दिनमा थप कठिन हुने उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले नक्सा जारी गर्ने सरकारको पछिल्लो कदममा आफ्नो पार्टीको पुर्ण साथ सहयोग रहेको बताउनुभयो । भारतको हेपाह प्रवृत्ति विरुद्ध सम्पुर्ण जनता एकजुट हुनुपर्ने भन्दै उहाँले भारतले नेपाली भूमि फिर्ता नगरे सो विषयलाई अन्तराष्ट्रिय करण गर्नुपर्ने बताउनुभयो ।


रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया