७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निकै चुनौतीपुर्ण : शेखर गोल्छा

जेष्ठ २०, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 2 June 2020 | 20 Jestha 2077

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निकै चुनौतीपुर्ण भएको बताउनुभएको छ । अर्थतन्त्रका सवै क्षैत्र ठप्प रहेको तथा पुँजीगत र्खच पनि हुन नसक्ने अवस्थामा सरकारी लक्ष्य निकै महत्वकांंक्षी भएको गोल्छाको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान उहा“ले कोभिड १९ बाट मुलुकको अर्थतन्त्रलाई उकास्ने खालका कार्यक्रम ल्याउन बजेट चुकेको बताउनुभयो । गोल्छाले भन्नुभयो, पर्यटन क्षेत्रमा केही सकारात्मक कुराहरु आएका छन् । तर कोभिड १९ बाट अर्थतन्त्रलाई जोगाउन तथा बजारमा तरलता व्यवस्थापन गर्ने, उद्योगहरुलाई चलायमान बनाउने विषयमा ठोस कार्यक्रम आउन सकेका छैनन् । विद्युतीय सवारी साधनमा कर बढाउन नहुने गोल्छाले बताउनुभयो ।

यसैगरि आगामी वजेट मार्फत ७ लाख युवालाई रोजगारी दिने लक्ष्य पनि नकै चुनौतीपुर्ण तर प्रभावकारी कार्यन्वयन भए सम्भव हुन सक्ने उहा“को भनाई छ । बजेटमा उल्लेखित भूमिवैंकको अवधारणा व्यवहारमै कार्यन्वयन र नेपालमा कार्यरत ७ लाख विदेशी कामदारको ठाउ“मा कम्तिमा आधालाई प्रतिस्थापन गर्न सकिए सरकारी लक्ष्य पुरा हुन सक्ने गोल्छाले बताउनुभयो । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया