रुकुम पश्चिम घटनामा सरकारी भूमिका गैरजिम्मेवारी पुर्ण : वरिष्ठ पत्रकार नेपाल

जेष्ठ २३, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 5 June 2020 | 23 Jestha 2077

वरिष्ठ पत्रकार एव राजनीतिक विश्लेषक किशोर नेपालले रुकुम पश्चिम घटनामा सरकार निकै गैरजिम्मेवार ढंगले प्रस्तुत भईरहेको बताउनुभएको छ । नवराज विक सहित ६ जनाको ज्यानगरि भएको सो घटनामा राज्यका जिम्मेवार तहमा बस्नेहरुले गैरजिम्मेवार तवरले अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गर्नुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले समाचार माध्यमले पनि तथ्यगत कुरालाई वंग्याएको आरोप लगाउनुभयो । सो घटनामा अनावश्यक राजनीतिक र जातीयकरण गर्दै जाने हो भने पीडितको न्याया प्रभावित हुन सक्ने बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 


प्रतिक्रिया