मुलुकमा बेरोजगारीको अर्को महामारी आउन सक्छ : श्रम आप्रवासन विज्ञ रामेश्वर नेपाल

असार ३, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 17 June 2020 | 3 Asar 2077

श्रम आप्रवासन विज्ञ रामेश्वर नेपालले कोभिड १९ को असरका कारण रोजगारीको क्षेत्र सवैभन्दा वढी प्रभावित भएको बताउनुभएको छ । विदेशमा रहेका नेपालीहरुको श्रम गुमेको र आन्तरिक रोजगारी समेत सृजना हुन नसकेपछि बेरोजगारीको अर्को महामारी आउन सक्ने नेपालको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा विहान कुरा गर्दै नेपालले विदेशमा रहेका १० लाख भन्दा वढी नेपाली स्वदेश फर्किने क्रममा रहेकाले रोजगार चुनौत थपिन सक्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ७ लाख युवालाई रोजगारी दिने कार्यक्रम पनि निकै महत्वकांक्षी भएको श्रमविज्ञ नेपालको तर्क छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले अन्तराष्ट्रिय श्रम संगठन आईएलओको मान्यता अनुसारको रोजगारी दिन नसक्ने उहाँको भनाई छ । सरकारले बजेटमा घोषणा गरेको भूमी बैंकको अवधारणा, कृषिको आधुनिकीकरण, पशुपालन, युवालाई सहुलियत दरको ऋण उपलव्ध गराउने योजना ब्यबहारिक रुपमै लागु भए श्रम तथा रोजगारको क्षेत्रमा केही परिणाम आउन सक्ने उहाँको भनाई छ ।



प्रतिक्रिया