क्वारेन्टिनहरु महिला र बालबालिका मैत्री बनाईन्छन् : पार्वत गुरुङ

असार ४, २०७७ | काठमाडौं

The Headliners | Journalist Tejendra | 18 June 2020 | 4 Asar 2077

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाईएका क्वारेन्टिन तथा आइसोलेशनलाई महिला, बालबालिका तथा बृद्धबृद्धा मैत्री बनाउने प्रतिवद्धता सरकारले जनाएको छ । क्वारेन्टिनमा महिलाहरु बलात्कृत भएको, सुत्केरी तथा गर्भवतीको अवस्था दयनीय रहेको तथा बालबालिका र बृद्धबृद्धाका लागि उचित व्यवस्थापन हुन नसकेको गुनासो आएपछि सरकारले सम्पूर्ण सम्यन्त्र परिचालन गरेर तत्काल व्यवस्थित बनाउने बताएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले क्वारेन्टिनहरु व्यस्थित नभएको स्वीकार्दै उनीहरुलाई फरक व्यवस्थापनका साथ क्वारेन्टिनमा राख्ने काम सुरु भएको बताउनुभयो ।

तीनै तहका सरकारसहित बिभिन्न संघसंस्थाले उनीहरुको व्यवस्थापनका लागि पहल गरिरहेको जानकारी दिदै मन्त्री गुरुङले हरेक समस्याबारे सरकार सचेत रहेको उल्लेख गर्नुभयो । कुनै पनि प्रकारको अमानवीय घटना हुन नदिन सरकारले सम्बन्धित पक्षलाई जिम्मेवार बनाउने काममा सरकारले पहलकदमी लिइरहेको मन्त्री गुरुङको भनाई थियो ।



प्रतिक्रिया