स्वास्थ्य सामाग्री खरिद अनियमिताबारे सरकारले तत्काल छानबिन शुरु गर्नुपर्छ : नेकपा नेता युवराज ज्ञवाली

असार ६, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 20 June 2020 | 6 Asar 2077

सत्तारुढ नेकपाका नेता युवराज ज्ञवालीले स्वास्थ्य सामाग्री खरिद प्रक्रीयामा भएको आर्थिक अनियमितताबारे सरकारले तत्काल छानबिन गर्नुपर्ने बताउनुभएको छ । कोभिड १९ बाट जनता आक्रान्त भईरहेका बेला स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको खबर आउनु दुखद भएको ज्ञवालीको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा बिहान नेता ज्ञवालीले भन्नुभयो, सेना र ओम्नी ग्रुपले स्वास्थ्य सामाग्री खरिद गर्दा करोडौं रुपैँयाको आर्थिक अनियमितता भएको भनेर सार्वजनिक भईसकेका छन् । सरकारले तत्काल सत्य तथ्य छानविन गर्नुपर्छ ।

बिबादित अधिकांश विषयमा पार्टीभित्र पर्याप्त छलफल नहुँदा पनि समस्या भएको नेता ज्ञवालीको भनाई छ । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीसंग हिजो भएको अन्तरक्रियामा समेत पार्टीको विदेश विभागलाई जानकारी नहुनु गल्ति भएको ज्ञवालीले बताउनुभयो ।



प्रतिक्रिया