नेपाललाई अल्मल्याउन भारतले प्रोपोगाण्डा युद्ध गर्दैछ : प्रा.डा युवराज संग्रौला

असार ७, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 21 June 2020 | 7 Asar 2077

नेपालसंगको सीमा विवाद समाधानका लागि भारतले कुटनितिक पहल छाडेर प्रोपोगाण्डा युद्ध सुरु गरेको बरिष्ठ अधिबक्ता प्राध्यापक डा युवराज संग्रौलाले बताउनुभएको छ । विवाद समाधानमा नेपालले धेरै प्रक्रिया अघि बढाएपनि भारतीय पक्षले यसलाई अस्विकार गर्नु लज्जाको बिषय भएको उहाँको भनाई थियो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा आज बिहान कुरागर्दै डा संग्रौलाले नेपालसंग भुमी आफ्नो भएको पर्याप्त प्रमाण भएपनि सहि हिसाबले वार्ता अघि बढाउन नसकेको उल्लेख गर्नुभयो । प्रमाण बिना भारतले प्रोपोगाण्डा युद्ध छेडेको उल्लेख गर्दै उहाँले गल्ती गर्नेको प्रवृती भारतले पनि आत्मसाथ गरेको दाबी गर्नुभयो ।



प्रतिक्रिया