विदेशीसँग बिहे गर्नै नपाउने कानून बनाए हुन्छ : तेजुलाल चौधरी

असार ८, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 22 June 2020 | 8 Asar 2077

नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा बुहारी र ज्वाईंबारे फरक प्रावधान राख्दा संविधानले प्रत्याभूत गरेको समानताको बर्खिलाप हुने बताउनु भएको छ । नेपालको संविधानले महिला र पुरुष समान मानेकाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुष र पुरुषसँग बिहे गर्ने विदेशी महिलाका लागि पनि कानून उस्तै हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै सांसद चौधरीले २०६३ को ऐन अनुसार नै अंगीकृत नागकिरता प्रदान गर्नु उचित हुने बताउनुभयो । सो ऐनमा पनि नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषको हकमा नागरिकता लिन १५ वर्ष कुर्नुपर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको हिजोको बैठकबाट बहुमतले पारित विधेयकले भने विदेशी बुहारीको हकमा ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने उल्लेख छ । सरकार झण्डै दुई तिहाइ बहुमतको दम्भमा रहेको भन्दै उहाँले विदेशीसँग बिहे नै गर्न नपाउने कानून बनाएर देखाउन चुनौती दिनुभयो ।


रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया