नेपालमा साइबर सुरक्षाका बारेमा अहिले नै सावधानी अपनाउने बेला भइसक्यो : डा. राजीव सुब्बा

असार ११, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 25 June 2020 | 11 Asar 2077 

साइबर सुरक्षा विज्ञ डा. राजीव सुब्बाले नेपालमा अहिले नै साइबर असुक्षा महसुस नभए पनि सावधानी र सचेतता अपनाउन बेला आइसकेको बताउनु भएको छ । पछिल्लो समय सूचना नै विश्वको सबैभन्दा ठूलो हतियारका रुपमा विकसित हुँदै गएकाले त्यसको सुरक्षा चुनौतीपूर्ण हुने उहाँको बथन थियो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै नेपाल प्रहरीका पूर्व डिआइजी समेत रहेका सुब्बाले वेबसाइट ह्याक भएपछि मात्रै खतराको सङ्केत देख्नुभन्दा पहिले नै यसको सुरक्षामा ध्यान दिन सकिए क्षति न्यूनिकरण गर्न सकिने बताउनुभयो । सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले समेत साइबर अपराधहरुलाई बढावा दिएकाले त्यसलाई नियन्त्रण गर्ने कानून अद्यावधिक गर्न पनि जरुरी भइसकेको उहाँको भनाइ थियो । ईन्टरनेटमा दक्षिणी छिमेकीसँगको परनिर्भरतालाई कम गर्दै लैजान सके अहिलेलाई चुनौती कम हुने उहाँको विश्लेषण थियो ।


प्रतिक्रिया