राज्यबाट बार्षिक ३ खर्व रुपैँया फजुल क्षेत्रमा खर्च भईरहेको छ : अर्थविद् डिल्लीराज खनाल

असार १२, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 26 June 2020 | 12 Asar 2077

अर्थविद डिल्लीराज खनालले राज्यबाट अनुत्पादक क्षेत्रमा वार्षिक ३ खर्व रुपैयाँ हाराहारीमा खर्च भईरहेको बताउनुभएको छ । झण्डै विकास खर्च बराबरको सो रकम अपारदर्शी र अनियमित ढंगले खर्च हुँदा समेत कटौतीमा सार्वजनिक निकाय गम्भिर हुन नसकेको उहाँको भनाई छ । सरकारले बजेटमार्फत कर्मचारीको बैठक भत्ता लगायत कटौती सार्वजनिक पदहरुमा बस्नेहरुको सेवा सुविधा थप भईरहँदा राज्यमा थप आर्थिक भार परेको बताउनुभयो । आफु नेतृत्वको सार्वजनिक पुनरावलोकन आयोगले दिएको सुझाव सरकारले कार्यन्वयन गर्ने हो भने धेरै हदसम्म सार्वजनिक खर्च पारदर्शिता कायम गर्न सकिने उहाँले बताउनुभयो । रेडिायो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले कोभिड १९ बाट बच्नका लागि सर्वसाधरण लक्षित आर्थिक पुर्नउत्थानका कार्यक्रमहरु आउन नसकेको बताउनुभयो ।


प्रतिक्रिया