सलह खानका लागि निकै फाईदाजनक छ : डा समुद्र जोशी

असार १५, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 29 June 2020 | 15 Asar 2077

रातो कमिलामा विद्यावारिधि गरेका डा समुद्र जोशीले सलह किराको बेफाईदा संगै फाईदा पनि उत्तिकै रहेको बताउनुभएको छ । सलहमा ६७ प्रतिशत प्रोटिन र १५ प्रतिशत फ्याट हुने भएकाले खानका लागि निकै उपयुक्त भएको जोशीको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै जोशीले बालिमा तत्काल क्षति पुर्‍याएपनि दिर्घकालमा भने सलहले फाईदा पुर्‍याउने बताउनुभयो । सलहले छाड्ने मल माटोका लागि निकै उपयोगी भएको उहाँको भनाई छ । कम्तिमा १ करोडको संख्यामा हुने सलहले एक पटक प्रवेश गरिसकेपछि ९० प्रतिशत बाली नष्ट गर्ने जोशीले बताउनुभयो । सलहलाई नियन्त्रण गर्न विषादी छर्नुपर्ने र कुनै कुनै संगितले पनि सलहकलाई भगाउन सकिने डा जोशीको भनाई छ ।


प्रतिक्रिया