नेकपा सत्ता स्वार्थका लागि मिलेको भन्ने पुष्टि भयो : रामचन्द्र पौडेल

असार २१, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 5 July 2020 | 21 Asar 2077

प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ नेकपा सत्ता स्वार्थका लागि मात्रै एकीकरण भएको पुष्टि भएको बताउनुभएको छ । सत्ताकै लागि कम्युनिष्टहरु फुट्ने र जुट्ने गरेको भन्दै उहाँले पछिल्लो राजनीतिक घटनाक्रम पनि यसैको निरन्तरता भएको उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै वरिष्ठ नेता पौडेलले जनमत विपरित सत्ताखेलमा नलाग्न समेत नेकपालाई आग्रह गर्नुभयो । सत्ता फेरबदल भए त्यसमा कंग्रेसको सहभागिता नहुने वरिष्ट नेता पौडेलले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री केपी ओली र आफ्नो पार्टीका सभापति शेर बहादुर देउवाबीच भएको भेट सत्ताखेलसंग सम्वन्धित नभएको उहाँको भनाई छ । आफुलाइ हटाउन भारतले चलखेल गरेको भन्ने प्रधानमन्त्री ओलीको भनाई असान्र्दभिक र सर्वभौम राष्ट्रका लागि नसुहाउने खालको भएको पौडेलले टिप्पणी गर्नुभयो ।


प्रतिक्रिया