प्रधानमन्त्रीको अभिव्यक्तीले भारतसंगको सम्वन्ध गम्भिर मोडमा : डा प्रकाश शरण महत

असार ३१, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 15 July 2020 | 31 Asar 2077

कंग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले प्रधानमन्त्री केपी ओलीको विवादास्पद अभिव्यक्तीका कारण भारतसंगको सम्वन्ध गम्भिर मोडमा पुगेको बताउनुभएको छ । उच्चस्तरीय कुटनीतिक संयन्त्रबाट बार्ता मार्फत मिचिएको भूमि फिर्ता गर्नुपर्नेमा विवादास्पद अभिव्यक्ती दिएर प्रधानमन्त्री ओलीले भारतलाई चिढ्याउने काम मात्रै गरेको उहाँको भनाई छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै डा महतले प्रधानमन्त्रीको रवैयामा तत्काल परिवर्तन नआए भारतले मिचेको भूमि फिर्ता हुन कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, सरकार यसरीनै प्रस्तुत हुँदै जाने हो भने भारतले मिचेको भूमि फिर्ता हुँदैन । सरकार निकै फितलो ढंगले प्रस्तुत भईरहेको छ । मिचिएको भूमी बास्तविक रुपमै फिर्ता गर्ने हो भने उच्च कुटनीतिक मर्यादाको ख्याल गर्न र तत्काल बार्ता प्रक्रीया शुरु गर्न डा महतले आग्रह गर्नुभयो ।

अर्को प्रसंगमा डा महतले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सरकार पुर्णतय असफल भएको आरोप लगाउनुभयो । सरकारले गरेको एउटै काम लकडाउन मात्रै भएको भन्दै उहाँले कोरोना नियन्त्रणमा खर्च भएको १० अर्व रुपैयाँको औचित्य पुष्टि हुन नसकेको बताउनुभयो । सरकारी निकायहरु भ्रष्टाचारमा लिप्त हुँदा जनअपेक्षाको विषय सम्वोधन हुन नसकेको महतले आरोप लगाउनुयो ।


प्रतिक्रिया