कोरोनाको परीक्षण र संक्रमितको उपचारमा शुल्क लिंदा परीक्षण घट्ने र जोखिम बढ्ने हुन्छ : डा. विनय रेग्मी

कार्तिक ५, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 21 October 2020 | 5 Kartik 2077

बाथरोग विशेषज्ञ डा. विनय रेग्मीले सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमणको जोखिम झन् बढ्ने बताउनु भएको छ । सरकारले कोरोनाको परीक्षण र संक्रमितको उपचारमा शुल्क उठाउने निर्णय गरेपछि खर्च अभावमा परीक्षण गर्नमा नागरिकको रुची घट्ने र यसले संक्रमणलाई भित्रभित्रै सल्काउने उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै डा. रेग्मीले परीक्षणको दायरा बढाउनु पर्नेमा परीक्षण नै घट्ने निर्णय गर्न सरकार किन बाध्य भयो बुझ्न नसकिएको बताउनुभयो ।

राज्यले नागरिकको दायित्व लिनलाई इन्कार गरेपछि अब जोखिम कम गर्ने अभिभारा जनताकै काँधमा आएको उहाँले बताउनुभयो । दशैं लगायतको चाडबाडमा हिंडडुल ज्यादा हुने भन्दै डा. रेग्मीले सकभर आफू जहाँ हुनुहुन्छ त्यहीं चाडबाड मनाउन आग्रह गर्नुभयो । जानै परे पनि स्वास्थ्य सावधानी अपनाउन डा. रेग्मीको सुझाव थियो ।

अब जाडो मौसम शुरु हुने र यस्तो समयमा कोरोनाको भाइरस झन् सक्रिय हुने भएकाले पनि दीर्घ रोगी र स्वासप्रस्वास सम्बन्धी रोगका बिरामीले थप सावधानी अपनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया