राजनीतिको मूल नेतृत्वको असक्षमताले व्यवस्थामापिथ नै प्रश्न उठ्न थालेको छ : प्रदीप पौडेल

कार्तिक ६, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 22 October 2020 | 6 Kartik 2077

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राजनीतिक मूल नेतृत्वको असक्षमताले पछिल्लो समय समग्र व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले त्याग र समपर्णको राजनीतिभन्दा आर्थिक प्रलोभनमा पारेर कार्यकर्ता र मतदाता रिझाउने राजनीति हावी हुँदा जनताका सवाल अनुरुत्तरित हुन थालेको बताउनुभयो ।

सरकारका मन्त्रीहरु तलब भत्ता र सुविधा उपभोग गर्नका लागि मात्रै नियुक्त भएको जस्तो भान हुन थालेको नेता पौडेलको टिप्पणी थियो । अवस्था यतिसम्म बिग्रिंदा पनि जनताको पक्षमा जोडदार रुपले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नसकेको उहाँले स्वीकार्नु भयो ।

पार्टीको नेतृत्वको शैली र सरकारी शैली उस्तै भएको उहाँले उल्लेख गर्नुभयो । नेकपाको सरकार जनताको कुरा नसुन्ने र काँग्रेसको नेतृत्व कार्यकर्ताको भावना नबुझ्ने भएको नेता पौडेलले बताउनुभयो ।


प्रतिक्रिया