सरकारी ढुकुटी रित्तिएको छैन : अर्थमन्त्री पौडेल

कार्तिक ८, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 24 October 2020 | 8 Kartik 2077

अर्थमन्त्री विष्णु पौडेलले कोभिड १९ का वावजुद अर्थतन्त्र ठिकै अवस्थामा रहेको बताउनुभएको छ । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई चलायमान बनाईराख्न थप नीतिगत व्यवस्था छिट्टै गर्न लागिएको बताउनुभयो । रेडियो कान्तिपुरसंग विहान कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड १९ बाट साना तथा घरेलु उद्योगलाई जोगाउन आवश्यक रणनीति छिट्टै तय गरिने बताउनुभयो ।

सरकारले आर्थिक रुपले कमजोर भएर कोभिड १९ संक्रमितको उपचाराबाट पन्छिन नखोजेको बताउनुभयो । उहाँले भन्नुभयो, सर्वसाधरण र न्युनबर्गीय जनताप्रतिको उत्तरदायित्वबाट सरकार पन्छिन मिल्दैन । पन्छिन खेजेको पनि छैन । अस्पतालमा उपचार खर्च वेहोर्न सक्ने संक्रमितको हैसियतमा मात्रै सरकारले पछिल्लो निर्णय गरेको हो ।

अर्थतन्त्रलाई पूर्ववत अवस्थामा फर्काउन कठिन भएपनि ठप्प हुन नदिने तर्फ सरकार सर्तक रहेको उहाँको भनाई छ । खासगरि कोभिड १९ ले ४ लाख भन्दा वढी साना तथा मझौला उद्योगमा प्रत्यक्ष प्रभाप परेकाले यतातर्फ सरकारले ठोस कदम चाल्न लागेको उहाले बताउनुभयो ।


प्रतिक्रिया