भारतीय प्रधानमन्त्रीको सन्देश लिएर गोयल नेपाल आएका थिए : परराष्ट्रमन्त्री ज्ञवाली

कार्तिक ९, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 25 October 2020 | 9 Kartik 2077

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रुपमा गुप्तचर निकाय रअका प्रमुख सामान्त गोयल नेपाल आएको बताउनुभएको छ । दुई देशका प्रधानमन्त्रीबीच गत अगष्टमा भएको टेलिफोन बार्ताका क्रममा अपासी समस्या समाधान गर्न विभिन्न माध्यमबाट छलफललाई निरन्तरता दिने सहमति अनुसार नै प्रधानमन्त्रीको मोदिको प्रतिनिधिको रुपमा गोयल नेपाल आएको मन्त्री ज्ञवालीले बताउनुभएको हो ।

भारतीय समकक्षीको प्रतिनिधीका रुपमा प्रधानमन्त्री ओलीले गोयलसंग शिष्टाचार भेट मात्रै गरेको उहाँको भनाई छ । समकक्षीबीच हुने बार्ता र शिष्टाचार भेटवीचको फरक छुट्याउन जरुरी रहेको भन्दै मन्त्री ज्ञवालीले आवश्यक पर्दा नेपाली प्रतिनिधीले भारतीय उच्च नेतृत्वसंग शिष्टाचार भेट गरेको बताउनुभयो । सरकारले भारतीय गुप्तचर निकायसंग गोप्य र अपारदर्शी भेट नगरको भन्दै उहाँले यसलाई दुई देशको सम्वन्ध सुधारमा अस्वभाविक नमान्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलको भेट सम्वन्धमा सुचनाको अभाव र राजनीतिक पुर्वाग्रहका आधारमा अनावश्यक विरोध र आलोचना गर्नुको औचित्य नरहेको उहाँको भनाई छ ।

भारतीय स्थल सेनाअध्यक्ष जनरल मुकुन्द नरवाणेको विवादास्पद अभिव्यक्ति सम्वन्धमा नेपालले खण्डन गरिसकेको र उहाँको आगामी भ्रमण त्यसकैको प्रतिक भएको मन्त्री ज्ञवालीको भनाई छ । स्थल सेनाअध्यक्ष नरवाणेले यसअघी चीनको उक्साहटमा नेपालले मुलुकको नयाँ नक्सा जारीगरेको आरोप लगाउनुभएको थियो । सेनाअध्यक्ष नरवाणे आफ्नो अभिव्यक्तिलाई सच्याएर नेपाल आउन लागेको मन्त्री ज्ञवालीले बताउनुभयो ।


प्रतिक्रिया