उखु कृषकलाई बिचौलियाले उचालेका छन : लेखराज भट्ट

कार्तिक २८, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 13 November 2020 | 28 Kartik 2077

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु कृषलाई बिचौलियाले उचालेको आरोप लगाउनुभएको छ । कृषकलाई राजनीतिक संरक्षण समेत मिलेकाले अनावश्यक विवाद आईरहेको उहाँको भनाई छ । श्रीराम सुगर मिल्स र अन्नपुर्णको मात्रै बक्यौता बाँकी रहेको भन्दै मन्त्री भट्टले त्यो पनि केहीदिन भित्रै समस्या समाधान हुने बताउनुभयो । केही कृषकहरुको बैंक खाता खोल्नमा ढिलाई भएकाले पनि समस्या भएको उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले चिनी उद्योगलाई बन्द हुने अवस्थाबाट जोगाउनु पनि सरकारको कर्तव्य भएको बताउनुभयो ।


प्रतिक्रिया