लैंगिक हिंसा न्यूनिकरणका लागि जननिर्वाचित महिला प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुन्छ : कोपिला रिजाल

मंसिर १२, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 27 November 2020 | 12 Mangsir 2077

लैगिंक हिंसाका विज्ञ कोपिला रिजालले हिंसा न्यूनिकरणका लागि महिला जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । अहिले मुलुकमा तीन तहको सरकार रहेको र जनप्रतिनिधि महिलाको संख्या पनि उल्लेख्य रहेकाले हस्तक्षेपकारी भूमिकामा उनीहरुको उपस्थिति हुनुपर्ने उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै रिजालले समाजमा रहेका विभिन्न आमा समूह र महिला समूहको सक्रियताले अहिले लैंगिक हिंसाका घटनाहरु उजागर भएको र त्यसलाई न्यूनिकरणका लागि पनि उनीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सबै महामारी वा द्वन्द्वमा हिंसामा पर्नेहरु नै महिला हुने रिजालको तर्क छ । महामारीमा अर्थतन्त्र कमजोर हुने र महिलाको त्यसमा न्यून अधिकार रहँदा हिंसाको जन्म हुने उहाँले उल्लेख गर्नुभयो । लैंगिक हिंसाविरुद्ध वर्षेनी १६ दिने अभियान मनाउने मात्रै हैन महिलाका मुद्दामा पुरुषको साथको खोजी र विद्यालय तहबाटै बालिकाहरुलाई हिंसा नसहने व्यवहार सिकाउन जरुरी रहेको रिजालले बताउनुभयो ।


प्रतिक्रिया