अध्यक्ष दाहाललाई सरकार र पार्टी दुवैबाट बहिस्कार गर्न खोजिएको छ : नेता पुन

मंसिर १३, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 28 November 2020 | 13 Mangsir 2077

सत्तारुढ नेकपाका स्थायी कमिटि सदस्य एवं ऊर्जा मन्त्री वर्षमान पुनले पार्टीमा अध्यक्ष पुष्प कमल दाहालको भूमिकालाई कमजोर पार्न खोजिएको बताउनुभएको छ । आलोपालो सरकार सञ्चालनको सहमति पनि उल्लंघन गर्ने अनि पार्टीमा पनि भूमिका कमजोर पार्न खोजिएको उहाँको आरोप छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै मन्त्री पुनले पार्टीमा विचार भन्दा पनि पूँजिवादको तिव्र धु्रवीकरण भईरहेको बताउनुभयो ।


प्रतिक्रिया