कांग्रेसग्रेस नेकपा भित्रको विवादमा कुनै पक्ष बिपक्षमा प्रयोग हुदैन : रमेश लेखक

मंसिर १५, २०७७

The Headliners | Journalist Pawan | 30 November 2020 | 15 Mangsir 2077

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रमुख प्रतिपक्षी काग्रेस सभापति शेरबहादुर देउवाको भेटले राजनितक माहोल तताएको थियो । तर सो भेटमा सरकारमा सहभागीता तथा साझेदारी लगायतका बिषयमा कुनै छलफल नभएको नेता रमेश लेखकले बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै नेता लेखकले प्रधानमन्त्रीसंगको भेटमा सभापति देउवाले सम्बैधानिक आयोगको नियुक्ति र समसामयिक बिषयमा छलफल गरेको स्पष्ट पार्नुभयो । जनताले प्रतिपक्षीको भुमिका निर्वाह गर्ने अभिभारा आफुहरुलाई दिईएकाले त्यसमा दायाँबाँया नगर्ने लेखकको भनाई थियो । काग्रेस नेकपाभित्रको विवादमा कुनै व्यक्तिको पक्ष वा विपक्षमा प्रयोग नहुने उहाँले स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया